images
images

पश्चिमी वायुको प्रभाव कायमै, आज तीन ओटा प्रदेशमा बदलीको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, आज तीन ओटा प्रदेशमा बदलीको सम्भावना

शनिवार, पुस २७ २०८१
शनिवार, पुस २७ २०८१
  • पश्चिमी वायुको प्रभाव कायमै, आज तीन ओटा प्रदेशमा बदलीको सम्भावना
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

    शनिबार दिउँसो : कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    शनिबार राति : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार दिउँसो ː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार राति : कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत कोशी प्रदेश, बाँकी पहाडी भूभाग पहाडी भूभागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार