images
images

यस्ता छन् पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकको ६ निर्णयहरू

यस्ता छन् पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकको ६ निर्णयहरू

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • यस्ता छन् पुस २३ गते बसेको मन्त्रिपरिषद् बैठकको ६ निर्णयहरू
    images
    images

    काठमाडौँ / सरकारले पुस २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गरेको छ । बैठकले आगामी माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसपमा महालेखा परीक्षक बामदेव शर्मा अधिकारीलाई पठाउनेदेखि शसस्त्र प्रहरी नायव महानिरीक्षकहरूको पदावधि थप गर्नेलगायतका ६ निर्णयहरू गरेको छन् । 

    सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कमल गिरी,  गणेश बहादुर ठाडा मगर, कुल बहादुर नेम्वाङ्ग र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गरेको हो । 
    त्यस्तै, सरकारले पुस २६ र २७ मा काठमाडौँमा हुने नेपाल(भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा हुने वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । 

    वन तथा वातावरण मन्त्रालय आगामी फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ । 

    मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरेको छ । 

    त्यस्तै, सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयको सचिव पदमा पदस्थापन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार