images
images

एफएनसीसीआईसँग किन वैज्ञानिक सहकार्य गर्न चाहान्छ नास्ट ?

एफएनसीसीआईसँग किन वैज्ञानिक सहकार्य गर्न चाहान्छ नास्ट ?

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • एफएनसीसीआईसँग किन वैज्ञानिक सहकार्य गर्न चाहान्छ नास्ट ?
    images
    images

    काठमाडौँ / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)सँग वैज्ञानिक सहकार्य गर्न छलफल अघि बढाएको छ । देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्नुपर्ने विषयमा गत मङ्गलबार नास्ट र एफएनसीसीआईसँग छलफल गरेको हो । 

    उक्त छलफलमा नाष्टका तर्फबाट महासंघसँग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्नेलगायतका विषयमा प्रस्तुत भएको थियो । 
     
    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाको नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई ) का अध्यक्ष चन्द्र प्रसाद ढकालसँग छलफल गरेको थियो । 

    सो अवसरमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्ग, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघ संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रमहरूको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका गर्न सक्ने विषयमा छलफल भएको थियो ।  

    यस्तै उद्योगको प्रायोजनमा उद्योगले इच्छा गरेको क्षेत्रमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनमा सहकार्य गर्न सकिने नास्टको टोलीको धारणा छ । 

    सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासंघसँग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे । 

    “निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना देशको समग्र विकासका लागि आवश्यक कुराहरू हुन् । यसमा सहकार्य गर्ने महासंघ सकारात्मक नै छ । यसमा थप अध्ययन गरेर ठोस काम गर्न सकिन्छ,” उनले भने ।

    यस्तै (नास्ट) का उपकुलपति प्रा.डा.दिलीप सुब्बाले नास्टले दुई संस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने उल्लेख गरे । 

    “हामीसँग वैज्ञानिकहरूको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरू पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरू सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । र यसको लागि महासंघ नै उपर्युक्त संस्था हो भन्ने हामीलाई लागेको छ,” उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार