images
images

पुस १५ गते  छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ तथा महोत्सवमा किन जाने ?

पुस १५ गते  छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ तथा महोत्सवमा किन जाने ?

बुधवार, पुस १० २०८१
बुधवार, पुस १० २०८१
  • पुस १५ गते  छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ तथा महोत्सवमा किन जाने ?
    images
    images

    काठमाडौँ /  च्याउ उत्पादक किसान सङ्घले यहि पुस १५ गते काठमाडौंको भृकुटीमण्डमा मनाउन गइरहेको छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ तथा परिकार महोत्सव आउन अब ५ दिन मात्रै बाँकी छ । 

    च्याउका पारखीहरुका लागि विशेष महोत्सवको रुपमा लिइने उक्त मेलाको सम्पूर्ण तयारीमा जुटेको संघका अध्यक्ष सन्तोष कार्कीले बताएका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष अझै फरक र विशेष हुने अध्यक्ष कार्कीले दाबी गरे । विहानै च्याउबारे चेतनामुलक बाइक र्याली कार्यक्रम हुने छ । 

    यस्तै दिउँसो भृकुटीमण्डमा भव्य सांगितक कार्यक्रमसहित च्याउका पारखीहरुलाई  च्याउ परिकार खान पाइने उनले बताए । रैथाने च्याउका जातहरुबारे जानकारी तथा  विविध स्वादका च्याउहरु खान पाइने उक्त महोत्सवमा  खेती गर्न चाहनेहरुका लागि पनि आवश्यक परामर्श दिईने संघका महासविब विकास रिमालले बताएका छन् ।

    महासचिब रिमालका अनुसार परिकारसँगै, च्याउका जातहरु अध्ययन अवलोकन तथा साङ्गितक मनोरञ्जन पनि लिन पाइन्छ । च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्था तथा च्याउका परिकार खान र बुझ्न सकिन्छ । 


    सन्तोष कार्की
    अध्यक्ष, च्याउ किसान संघ नेपाल
    हामीले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भव्य रुपमा च्याउ दिवस तथा परिकार महोत्सव मनाउँदै छौं । निशुल्क प्रवेश हुने यस मेलामा किसान ब्यापारी, उपभोक्ता तथा सम्पूर्ण  व्यक्तिहरुलाई निमन्त्रणा गर्दछौँ । कार्यक्रम के कारणले पनि महत्वपूर्ण छ भने देशैभरिका च्याउ व्यवसायीहरुको भेला मात्रै नभएर विविध च्याउका परिकारहरुको स्वाद चाख्न पाइन्छ ।

    santosh.JPG

    हामीले उपभोग गर्दै आइरहेका कन्ये, गोब्रे, सिताके लगायत च्याउका जातहरुबारे जानकारी लिन सकिन्छ । च्याउका फाइदा, मूल्य तथा खेती गर्ने तरिका पनि थाहा पाउन सकिन्छ । यस्तै च्याउखेतीमा आइरहेको नयाँ नयाँ प्रविधिको विकास र मनोरञ्जनात्मक कार्यक्रम पनि छ । 


    विकास रिमाल
    महासचिव, च्याउ किसान संघ नेपाल
    च्याउ दिवस च्याउ किसानहरुका लागि मात्रै नभएर सबैका लागि महत्वपूर्ण पर्व हो । करिब ४० ओटा स्टल रहने उक्त मेलामा  हामीले उपभोग गर्दै आइरहेको च्याउ बारे जिज्ञासा मेट्न तथा विविध जानकारी पाउन  सकिन्छ । 


    नेपालीहरुलाई अझै च्याउबारे जनचेतना आवश्यक छ ।  च्याउ खानुका फाइदाहरु बताउनु बुझाउनु आवश्यक छ । यसैले यस्ता दिवस कार्यक्रमहरुले महत्व राख्छ । प्रदर्शनी कार्यक्रममा च्याउ खेती गर्ने तरिका तथा विविध जात परिकारका च्याउको स्वाद लिन पाइन्छ । यसपटक च्याउ किनेरै पनि लान सकिने व्यवस्था हामीले गरेका छौं । कसैले च्याउ खेती गर्न चाहेमा आवश्यक परामर्श समेत दिन सकिने व्यवस्था यो मेलामा गरेका छौं । 

    bikash.JPG
    सङ्घले च्याउ दिवस गत वर्ष जावलाखेलमा राखेको थियो तर, यसवर्ष पुस १५ गते भृकुटीमण्डपस्थित खेल मैदानमा ‘च्याउ परिकार महोत्सव’ बृहत रुपमा गर्न लागेको हो । 

    च्याउ व्यवसायीहरु अनुसन्धान तथा चेतनामुलक कार्यक्रममा पनि  सकृयः 

    संघले महोत्व, अवलोकन भ्रमण, अनुसन्धान, तथा जागरण अभियानहरु पनि गर्दै आइरहेको छ । अध्यक्ष कार्कीका अनुसार च्याउ किसानको व्यवसायिक सुरक्षा गर्नु, रैथाने च्याउबारे जानकारी गराउँदै, च्याउका विविध स्वादहरु आम जनतालाई चखाउनु यसबारे महत्व दर्शानु मूख्य लक्ष्य रहेको  छ ।

    संघले २०७६ सालमा मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पनि  चलाएको थियो । जागरण अभियानले च्याउका परिकारको प्रयोग र विविध ज्ञान बढाएको संघले जनाएको छ । 

    सो अभियान हेटौडामा आएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले राष्ट्रिय च्याउ दिवस घोषणा गरेको थिए । सो समयदेखि सङ्घले हरेक बर्ष पुस १५ गते च्याउ दिवस मनाउँदै आएको छ। 

    सोही क्रममा यस बर्ष व्यवसायिक रूपमा उत्पादन हुने च्याउको उत्पादन प्रक्रियासहित परिकार बनाएर अवलोकनकर्तालाई चखाउने कार्यक्रम रहेको सङ्घका अध्यक्ष कार्कीले बताए । उनका अनुसार महोत्सवमा च्याउसँग सम्बन्धित करिब ४० ओटासम्म स्टलहरू रहनेछन् । 

    “च्याउका धेरै परिकारहरू महोत्सवमै बनाइनेछ । “सम्भव भएसम्म कन्य, गोब्रे र सिताके च्याउको खेतीका लागि आवश्यक उपकरणको डेमोस्ट्रेसन र खेती प्रक्रियासमेत लाइभ देखाइनेछ । च्याउको लाइभ आर्ट पनि देखाउने कार्यक्रम छ” उनले भने । यस्तैगरी फुड विज्ञ,  तथा जानकारहरुबाट च्याउबारे जानकारी लिन सकिनेछ ।  महोत्सवमा १० हजार अवलोकनकर्ताहरू आउने अनुमान गरिएको छ। च्याउमेलामा परिकार खान मात्रै होइन किनेरै लान पनि सकिनेछ । 


    संघले विभिन्न समयमा च्याउसम्बन्धी जनचेतनात्मक कार्यक्रम, अनुसन्धान तथा विज्ञहरुसँग छलफल समेत गर्दै आइरहेको संघका सचिव तथा प्रचार विभाग प्रमुख रमेश सापकोटाले बताए । 

    अघिल्लो वर्ष २०८० जेठ २८ गते  कर्णालीको जुम्ला मुगु दैलेख जिल्ला पुगी गुछी  च्याउ टर्कीतेल च्याउ अनुसन्धान अवलोकन गरेको थियो । उक्त च्याउको कल्चर समेत ल्याइएको थियो । 

    यस्तै, काभ्रे  जिल्लाको महाभारत गाउँपालिका ५ र बेथानचोक गाउँपालिका १  र पनौती रयालेको जंगलमा रातो च्याउ हात्ती पाइले च्याउको खोज  अनुसन्धान गरेको थियो ।
     
    सचिब सापकोटाको अनुसार च्याउ किसानहरुका समस्या र त्यसका समाधान कसरी गर्ने सम्बन्धमा संघले १९ बँुदे माग पत्र समेत कृषि विभाग मन्त्रालयमा पेश गरेको छ । 

    महोत्सवमा सामान्य किसानले च्याउ उत्पादन गर्दा केकस्तो उपकरण प्रयोग गर्नुपर्छ र प्रक्रियाबारे जानकारी दिइने उनको भनाइ छ । उक्त महोत्सवमा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्ने छैन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार