काठमाडौँ / सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिइएको थियो । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो ।
त्यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए । कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तिमगरले थुनछेक बहस गरेका थिए ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको थियो ।