सूर्यदर्शन सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
सरकारी वकिलको जवाफी बहसपछि न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरे।
जोशीसहित रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो ।
छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।