गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आँकडा अनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरू समावेश भएको पाउन सकिन्छ ।
नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरू नेपालमा पनि बिक्री वितरण गर्दै आईरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (EVs) चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ ।
२३० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशत बाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८० किमि दायरा छ र यो CATL का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किमी वारेन्टी छ ।
नेटा एक्सले एक पटकको फुल चार्जमा ५०० किमीसम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ ।
CATL का अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ बर्ष वर्ष वा १ लाख ८० हजार किमी वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयुभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।