images
images

सांसद ढकालले दिए श्रीलंकाका प्रधानमन्त्री र सभामुखलाई दिए नेपाल भ्रमणको निम्तो

सांसद ढकालले दिए श्रीलंकाका प्रधानमन्त्री र सभामुखलाई दिए नेपाल भ्रमणको निम्तो

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • सांसद ढकालले दिए श्रीलंकाका प्रधानमन्त्री र सभामुखलाई दिए नेपाल भ्रमणको निम्तो
    images
    images

    काठमाडौँ / प्रतिनिधि सभाका सदस्य एवम पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नवनिर्वाचित प्रधानमन्त्री हरिणी अमरासुरियासँग बुधबार कोलम्बोमा भेट गरेका छन् ।  श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । 

    सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट प्रधानमन्त्री हरिणी अमरासुरियालाइ शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गरे ।

    प्रधानमन्त्री हरिणी अमरासुरियाले नेपालसँगको बिशेष मैत्रीपूर्ण सम्बन्धलाई जोड दिदँै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाएका थिए । 

    साथै सांसद ढकालले श्रीलंकाली नवनिर्वाचित सभामुख डा.जगत विक्रमारत्नेसँग संसद भवनमा शिष्टाचार भेट गरि नेपालका सभामुख देबराज घिमिरेको तर्फबाट सभामुख डा जगत विक्रमारत्नेलाइ शुभकामना दिदँै उपयुक्त समयमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणकोलागि समेत आग्रह गरे । 

    त्यसैगरि सांसद ढकालले श्रीलंकाको संसद्को प्रमुख प्रतिपक्षी दलका नेता साजिथ प्रेमादासासँग समेत भेट गरि अन्तरक्रिया गरेका थिए ।

    पूर्वमन्त्री समेत रहेका ढकाल श्रीलंकाको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् ।  ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् ।

    नेपाल र श्रीलंका बीच सन् १९५७ मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार