काठमाडौँ / राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच बिमा कम्पनीले आफ्नो वार्षिक साधारण सभामा दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित भएको छ ।
यस्तै, कम्पनीको सभाले आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ ।
यसैगरी, महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक बर्ष २०७४/७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने गरेको छ ।
महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने प्रस्तावसमेत साधारणसभाले पारित गरिएको छ ।
बैठकले सञ्चालकहरूको आर्थिक वर्ष २०७३/२०७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधाहरू अनुमोदन छ । यसैगरी सभाले सञ्चालकहरूको बैठक भत्ता ६,००० हजार रुपैयाँ तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२,००० हजार रुपैयाँ प्रदान गर्न स्वीकृत गरेको छ ।