images
images

एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने, बोलायो साधरणसभा

एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने, बोलायो साधरणसभा

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • images
    images
    एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने, बोलायो साधरणसभा
    images
    images

    काठमाडौँ /  एनआइसी एसिया बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले प्रतिइकाई १०० रुपैयाँ दरले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्न लागेको हो। उक्त सेयर जारी गर्ने प्रस्ताव बैंकले आगामी साधारण सभामा छलफल गर्ने भएको छ । 

    images
    images

    सभामा अग्राधिकार सेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लैजाने भएको छ ।

    उक्त सभाले पारित गरेपछि नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकले अग्र्राधिकार सेयर जारी गर्न पाउनेछ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा २७ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

    सभामा अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्तावमा छलफल गरिने बैंकले जनाएको छ । 

    त्यस्तै, अन्य प्रस्तावहरूमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने रहेको छ । 

    साधारण सभा प्रयोजनका लागि बैंकले फागुन ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार