images
images

महाशिवरात्रि तथा नेपाली सेनाको २६२औँ वार्षिकोत्सव सम्पन्न [तस्बिरसहित]

महाशिवरात्रि तथा नेपाली सेनाको २६२औँ वार्षिकोत्सव सम्पन्न [तस्बिरसहित]

बुधवार, फागुन १४ २०८१
बुधवार, फागुन १४ २०८१
  • images
    images
    महाशिवरात्रि तथा नेपाली सेनाको २६२औँ वार्षिकोत्सव सम्पन्न [तस्बिरसहित]
    images
    images

    काठमाडौँ / विविध कार्यक्रमहरूसहित महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहबीच महाशिवरात्रि तथा सेना दिवस-२०८१ सम्पन्न भएको हो । 

    images
    images

    राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पहार चढाइ सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरी सो कार्यक्रमको सुरुवात भएको थियो । 

    ssena dibas1.JPG

    उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही-२०८१ विमोचन गर्नुका साथै फ्रि-फल जम्पमा प्रथम र द्वितीय हुने क्रमशः सेनानी जगन्नाथ दनै र अमल्दार मित्र बहादुर राना मगरलाई पुरस्कार प्रदान गरे । 

    sena dibas salami.JPG

    त्यसैगरी कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीका प्रमुखहरूलाई उपहार प्रदान गरिएको थियो । 

    समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झण्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

    rastrapati  tudikhel.JPG

    सो अवसरमा प्रधानसेनापतिले गैरसैनिक क्षेत्रका ब्यक्तित्वहरूलाई प्रधानसेनापति प्रशंसा निसान तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै केन्द्रीय सैनिक ड्रिल प्रतियोगिता–२०८१ मा प्रथम तथा द्वितीय हुने क्रमशः श्री उपत्यका पृतना र श्री उत्तर पश्चिम पृतनालाई पुरस्कृत गरे । 

    sena dibas.JPG

    समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, मित्रराष्ट्र भारतका पूर्वस्थल सेनाध्यक्षहरु, नेपाल सरकारका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, राजदूतहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक सहचारीहरू, युवा आदान प्रदान कार्यक्रममा सहभागी बिभिन्न देशका क्याडेटहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार