images
images

क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो सम्पन्न

क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो सम्पन्न

बुधवार, फागुन १४ २०८१
बुधवार, फागुन १४ २०८१
  • images
    images
    क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो सम्पन्न
    images
    images

    काठमाडौँ / क्लासिक डाइमण्डको टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस) फागुन १२ गते सोमबार काठमाडौँमा सम्पन्न भएको छ ।

    images
    images

    कार्यक्रममा क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमण्ड’को पाँचौ सिजनका विजेताहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।

    देशभरबाट छानिएका प्रतियोगीमध्ये पूर्णिका सिंजापति फेस अफ क्लासिक डाइमण्ड, सृष्टि श्रेष्ठ फस्ट रनर अप तथा उरुसा भण्डारी सेकेन्ड रनर अप भएका छन् । 

    विजेताहरूले नगद पुरस्कारसहित एक बर्षका लागि ‘क्लासिक डाइमण्डको ब्रान्ड एम्बेसडर’ बन्ने अवसर पनि प्राप्त गरेका छन् । फेसन सोमा विजेताहरूको क्राउनिंग सेरेमोनि पनि भएको थियो । 

    क्राउनिंग सेरेमोनिपछि विजेताहरूलगायत विभिन्न मुलुकका १५ भन्दा बढि अन्तर्राष्ट्रिय मोडलहरूले इलाइट कलेक्सनका नयाँ डिजाइनका गहनाहरू लगाएर र्याम्पमा वाक गरेका थिए । 

    उक्त अवसरमा मिस युनिभर्स २००० तथा बलिउड अभिनेत्री लारा दत्त सो–स्टपर रहेकी थिइन् । दत्तले क्लासिक डाइमण्डको विशेष क्राउन लगाएर र्याम्प वाक गरेकी थिइन् । 

    साथै, उनले क्लासिक डाइमण्ड तथा नेपालका बारेमा पनि आफनो विचार ब्यक्त गरेकी थिइन् । यसैगरी, फागुन १३ गतेदेखि क्लासिक डाइमण्ड ज्वेलर्सले एक हप्ताका लागि विशेष छुटसहित ज्वेलरी एक्जिबिसन गर्ने भएको छ। 

    एक्जिबिसन क्लासिक डाइमण्ड ज्वेलर्सको न्यूरोड तथा पुल्चोक सोरुममा आयोजना हुनेछ । 

    उक्त अवसरमा क्लासिक डाइमण्ड ज्वेलर्सले आफनो इतिहासमा नै पहिलो पटक हिरा तथा जेम्स स्टोन जडित गहनाहरूमा फ्याक्ट्री मूल्यमा २५ प्रतिशत छुटको अफर प्रदान गरेको छ । 

    साथै, उक्त अवसरमा इलाइट कलेक्सनअन्तर्गत ५ वटा विभिन्न क्याटागोरीमा हिराका गहना प्रदर्शनी हुने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार