images
images

बुधबारको राशिफल : महाशिवरात्रि पर्वको दिन तपाईँको समय कति शुभ कति अशुभ छ ? हेर्नुस्

बुधबारको राशिफल : महाशिवरात्रि पर्वको दिन तपाईँको समय कति शुभ कति अशुभ छ ? हेर्नुस्

बुधवार, फागुन १४ २०८१
बुधवार, फागुन १४ २०८१
  • images
    images
    बुधबारको राशिफल : महाशिवरात्रि पर्वको दिन तपाईँको समय कति शुभ कति अशुभ छ ? हेर्नुस्
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन १४ गते,  बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । त्रयोदशी तिथि, ८ घडी ३ पला, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । श्रवण नक्षत्र, २५ घडी ८ पला, बेलुकी ४ बजेर ३७ मिनेट उप्रान्त धनिष्ठा । परिध योग, ५० घडी ४१ पला, रातको २ बजेर ५० मिनेट उप्रान्त शिब । करण–वणिज, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर १४ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । आज महाशिवरात्रि चतुर्दरशी व्रत। शिवालयमामेला । नेपालीसेनादिवस । द्वापरयुगादि।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसायमा लाभ हुनेछ। थप लगानीको लागि उपयुक्त समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । अवसरले पछ्याउनेछ । भविष्यका लागि फाइदा हुने काम सुरु हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    व्यवसायका लागि गरिएको यात्रा लाभदायक रहनेछ। समस्याहरू समाधान गरि उपलब्धिमूलक काम गर्न सकिन्छ । अरुले आफ्नो कमजोरीको फाइदा उठाउने कोशिस गर्लान, सचेत हुनुहोला । विशेष योजना गोप्य राख्नुहोला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय लाग्नेछ। सेवामूलक काममा प्रतिष्ठा मिल्नेछ । दोहोर्याएर गरेको काम सफल हुनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    वैदेशिक यात्रा लाभदायक रहनेछ। व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । धार्मिक सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। लेनदेनमा विवाद र आम्दानी रोकिनाले अप्ठ्यारो अवस्था सिर्जना हुनेछ । काम बिग्रने भयले सताउनेछ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत गुम्न सक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। समय उत्साहजनक रहेको छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।  धन र भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यवसायको सन्दर्भमा यात्राको सम्भावना छ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नोकरी वा पेशामा योजनानुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन लिन संघर्ष गर्नुपर्ला । हिम्मतले काम गर्दा लाभ मिल्ने समय छ । भौतिक साधन जुट्नेछन्। व्यवसायमा मनग्य फाइदा हुनेछ। कार्यलयको कामले लामो दुरीको यात्राको सम्भावना रहेको छ । यात्राबाट सोचजस्तो उपलब्धि प्राप्त हुनेछ। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूबाट प्रशंसा पाइएला। जिम्मेवारी लिइएको काममा आलस्यता नदेखाउनुहोस् । कामको अवसर प्राप्त भए पनि परिस्थितिले अलमल्याउन सक्छ। कामलाई निरन्तरता दिन सके मनग्य लाभ लिन सकिनेछ । रचनात्मक कामबाट नाम तथा दाम कमाउने समय छ । विशेष उपहार प्राप्त हुने योग छ।  नयाँ काम सुरु गर्न भने केही समय पर्खनुहोस् । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार व्यवसायमा बहकिएर कुनै निर्णय नलिनुहोला। यसले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। अरुको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साझेदारीमा गरिएको काममा सफलता मिल्नेछ । सामाजिक तथा कल्याणकारी कामबाट प्रतिष्ठा मिल्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी सकेसम्म आफैँ बहन गर्नुहोला । व्यापार व्यवसायमा अरुको सुझाव सल्लाह लिनुहोला । उद्योग तथा व्यापार फस्टाउनेछ । आँट, पराक्रमका साथ हिम्मतले काम गर्दा चाहेको गन्तव्यमा पुग्न सकिनेछ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    कार्यक्षेत्रमा बोलीको प्रभाव बढ्नेछ । नोकरी वा पेशामा अतिरिक्त जिम्मेवारी लिनुपर्ला । अरुको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन्। मनग्गे आम्दानीको योग छ । पेसा, व्यवसाय  फस्टाउनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    मानसम्मान बढ्नेछ । चुनौतिपूर्ण काम सम्पादन हुनेछ । पुराना कामबाट लाभ मिल्नेछ ।  धार्मिक सामानको व्यापारमा बृद्धि हुनेछ । प्रयत्न गरेको काम सम्पादन हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि भविष्यका लागि जग बसाउने समय छ। आज नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कृषि र पशुपालनबाट आयआर्जन गर्न सकिनेछ। सवारी साधन चलाउँदा ध्यान दिनुहोस् । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेशा व्यवसाय स्वत स्फुर्त रूपमा सञ्चालन हुनेछ। विदेशमा बसेर काम गर्नेहरूका लागि दिन प्रभावकारी रहनेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाउनेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार