images
images

सस्तियो अमेरिकी डलर, कुन देशको मुद्राको भाउ कति रुपैयाँ ?

सस्तियो अमेरिकी डलर, कुन देशको मुद्राको भाउ कति रुपैयाँ ?

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    सस्तियो अमेरिकी डलर, कुन देशको मुद्राको भाउ कति रुपैयाँ ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४२  पैसा र बिक्रीदर १३९ रुपैयाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा तय गरिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
     
    जापानी येन १० को खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा कायम भएको छ ।
     
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्री दर ३१ रुपैयाँ ५२  पैसा तोकिएको छ । 

    त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ ।
     
    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १० पैसा तय गरिएको  छ ।
     
    यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार