काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ ।
युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ । आज अमेरिकी डलर एकको खरिद मूल्य १३७ रुपैयाँ ०६ पैसा र बिक्री मूल्य १३७ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रुपैयाँ १२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५० रुपैयाँ २२ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०० रुपैयाँ १३ पैसा र बिक्रीदर १०० रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर ८ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिदर ३६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर३६५ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिदर ३५६ रुपैयाँ २ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ५८ पैसा तोकेको छ ।