काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुकक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको भाउ १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । आज भने बढेर १ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ । यता, चाँदीको भाउ समेत तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि भने १ हजार ८ सय ४० रुपैयाँ थियो ।