images
images

भूकम्प अपडेट : चीनमा ५६ जनाको मृत्यु, नेपालमा कति भयो क्षति ?

भूकम्प अपडेट : चीनमा ५६ जनाको मृत्यु, नेपालमा कति भयो क्षति ?

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • भूकम्प अपडेट : चीनमा ५६ जनाको मृत्यु, नेपालमा कति भयो क्षति ?
    images
    images

    काठमाडौँ / आज बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ५६ जनाको मृत्यु पुष्टि भएको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त भूकम्पमा परेर ५६ जनाको मृत्यु पुष्टि भएको जनाएको छ ।

    नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ ।

    मङ्गलबार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । 

    शक्तिशाली भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।

    भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।

    उक्त भूकम्पका कारण नेपालका पूर्वी पहाडी जिल्लाका केही स्थान प्रभावित भएका छन् । भूकम्पकाकारण ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन्।

    भूकम्पका कारण कोशीका पहाडी जिल्लामा अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ ।

    यता बारामा भूकम्पको धक्का गएपछि भाग्ने क्रममा एक दर्जन विद्यार्थी बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौँमा पनि भूकम्पबाट भाग्ने क्रममा डेढ तले घरको छतबाट हामफाल्दा एक व्यक्ति घाइते भएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार