images
images

एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
    images
    images

    बर्दिया / गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको  छ । 

    बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो । संघका तर्फबाट पूर्व कोषाध्यक्ष  हिक्मत थापाले  ती उपकरणहरू हस्तान्तर गरेका हुन् । 

    उक्त अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार