images
images

भृकुटीमण्डपमा पुस १५ गते बृहत च्याउ परिकार महोत्सव, केके पाइन्छ ?

भृकुटीमण्डपमा पुस १५ गते बृहत च्याउ परिकार महोत्सव, केके पाइन्छ ?

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • भृकुटीमण्डपमा पुस १५ गते बृहत च्याउ परिकार महोत्सव, केके पाइन्छ ?
    images
    images

    काठमाडौँ /  च्याउ उत्पादक किसान सङ्घले यहि पुस १५ गते छैटौं  ‘राष्ट्रिय च्याउ दिवस’ भव्यताका साथ मनाउँदैछ । 

    महोत्सवको अवसरमा  ‘च्याउका विविध परिकारसँगै, च्याउका जातहरु अध्ययन अवलोकन तथा साङ्गितक मनोरञ्जन पनि लिन पाइन्छ । च्याउसम्बन्धी अध्ययन गर्न चाहने विद्यार्थी, शिक्षक, अनुन्धानकर्ता, संघसंस्था तथा च्याउका परिकार खान र बुझ्न सकिन्छ । 

    सङ्घले च्याउ दिवस गत वर्ष जावलाखेलमा राखेको थियो तर, यसवर्ष पुस १५ गते भृकुटीमण्डपस्थित खेल मैदानमा ‘च्याउ परिकार महोत्सव’ बृहत रुपमा गर्न लागेको संघका अध्यक्ष सन्तोष कार्कीेले बताए । 

    संघले महोत्व, अवलोकन भ्रमण, अनुसन्धान, तथा जागरण अभियानहरु पनि गर्दै आइरहेको छ । अध्यक्ष कार्कीका अनुसार च्याउ किसानको व्यवसायिक सुरक्षा गर्नु, रैथाने च्याउबारे जानकारी गराउँदै, च्याउका विविध स्वादहरु आम जनतालाई चखाउनु यसबारे महत्व दर्शानु मूख्य लक्ष्य रहेको  छ ।

    संघले २०७६ सालमा मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पनि  चलाएको थियो । जागरण अभियानले च्याउका परिकारको प्रयोग र विविध ज्ञान बढाएको संघले जनाएको छ । 

    सो अभियान हेटौडामा आएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले राष्ट्रिय च्याउ दिवस घोषणा गरेको थिए । सो समयदेखि सङ्घले हरेक बर्ष पुस १५ गते च्याउ दिवस मनाउँदै आएको छ। 

    सोही क्रममा यस बर्ष व्यवसायिक रूपमा उत्पादन हुने च्याउको उत्पादन प्रक्रियासहित परिकार बनाएर अवलोकनकर्तालाई चखाउने कार्यक्रम रहेको सङ्घका अध्यक्ष कार्कीले बताए । उनका अनुसार महोत्सवमा च्याउसँग सम्बन्धित करिब ४० ओटासम्म स्टलहरू रहनेछन् । 

    “च्याउका धेरै परिकारहरू महोत्सवमै बनाइनेछ । “सम्भव भएसम्म कन्य, गोब्रे र सिताके च्याउको खेतीका लागि आवश्यक उपकरणको डेमोस्ट्रेसन र खेती प्रक्रियासमेत लाइभ देखाइनेछ । च्याउको लाइभ आर्ट पनि देखाउने कार्यक्रम छ” उनले भने । यस्तैगरी फुड विज्ञ,  तथा जानकारहरुबाट च्याउबारे जानकारी लिन सकिनेछ ।  महोत्सवमा १० हजार अवलोकनकर्ताहरू आउने अनुमान गरिएको छ। च्याउमेलामा परिकार खान मात्रै होइन किनेरै लान पनि सकिनेछ । 


    संघले विभिन्न समयमा च्याउसम्बन्धी जनचेतनात्मक कार्यक्रम, अनुसन्धान तथा विज्ञहरुसँग छलफल समेत गर्दै आइरहेको संघका सचिव तथा प्रचार विभाग प्रमुख रमेश सापकोटाले बताए । 

    अघिल्लो वर्ष २०८० जेठ २८ गते  कर्णालीको जुम्ला मुगु दैलेख जिल्ला पुगी गुछी  च्याउ टर्कीतेल च्याउ अनुसन्धान अवलोकन गरेको थियो । उक्त च्याउको कल्चर समेत ल्याइएको थियो । 
    यस्तै, काभ्रे  जिल्लाको महाभारत गाउँपालिका ५ र बेथानचोक गाउँपालिका १  र पनौती रयालेको जंगलमा रातो च्याउ हात्ती पाइले च्याउको खोज  अनुसन्धान गरेको थियो ।
     
    सचिब सापकोटाको अनुसार च्याउ किसानहरुका समस्या र त्यसका समाधान कसरी गर्ने सम्बन्धमा संघले १९ बँुदे माग पत्र समेत कृषि विभाग मन्त्रालयमा पेश गरेको छ । 

    महोत्सवमा सामान्य किसानले च्याउ उत्पादन गर्दा केकस्तो उपकरण प्रयोग गर्नुपर्छ र प्रक्रियाबारे जानकारी दिइने उनको भनाइ छ । उक्त महोत्सवमा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्ने छैन । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार