images
images

तीन फिटसम्म हिउँ परेको छ, पद यात्रामा सावधान रहनु – सशस्त्र प्रहरी बलको अनुरोध

तीन फिटसम्म हिउँ परेको छ, पद यात्रामा सावधान रहनु – सशस्त्र प्रहरी बलको अनुरोध

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    तीन फिटसम्म हिउँ परेको छ, पद यात्रामा सावधान रहनु – सशस्त्र प्रहरी बलको अनुरोध
    images
    images

    सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो ईलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ । 

    images
    images

    चुमनुब्री–१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरुलाइ सावधान रहन भनेको हो । 

    केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछी बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ।


    यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बिओपीहरुले ती क्षेत्रमा बिपद् उद्वारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ ।

    हाल उत्तरतर्फ १० वटा बिओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दीर्घकालिन लक्ष्य रहेको छ । 

    हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सुचनाको लागि सशस्त्र प्रहरी बल नेपालको हटलाईन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार