images
images

गोदरेज नेपालले डिलर मिट तथा नवीन उत्पादन प्रदर्शनी सम्पन्न

गोदरेज नेपालले डिलर मिट तथा नवीन उत्पादन प्रदर्शनी सम्पन्न

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    गोदरेज नेपालले डिलर मिट तथा नवीन उत्पादन प्रदर्शनी सम्पन्न
    images
    images

    काठमाडौँ / गोदरेज नेपालले आफ्ना डिलरहरूसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीले नवीनतम उत्पादनहरूको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूमा छलफल गरेको थियो ।

    images
    images

    कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नविकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे । डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सहभागिता जनाए ।

    Refrigerator, Chest Freezer, Washing Machine, Air Conditioner, Air Cooler, Microwave Oven र Medical Refrigerator साथै उत्पादनहरूको उच्च गुणस्तर, ऊर्जा-सक्षम प्रविधि, र ग्राहक(मुखी डिजाइनहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो ।

    गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्र जोशीले भने, “यो कार्यक्रमले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको छ। हामी नवप्रवर्तन र सहकार्यमा अग्रसर रहने प्रतिबद्ध छौँ ।” 

    कार्यक्रमको अन्त्यमा डिलरहरूलाई सम्मान गर्दै रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

    ७० वर्षदेखि विश्वसनीय ब्रान्ड, गोदरेज एप्लायन्सेजले नवीनता, गुणस्तर र पर्यावरणीय जिम्मेवारीमा आधारित उत्पादनहरू प्रदान गर्दै आएको छ। यसले परिवारहरूलाई उच्च प्रदर्शन र सहज जीवनशैली प्रदान गर्दछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार