images
images

मङ्गलबारसम्म देशभरको मौसम कस्तो रहला ?

मङ्गलबारसम्म देशभरको मौसम कस्तो रहला ?

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    मङ्गलबारसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । 

    images
    images

    आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

    मङ्गलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    आगामी २४ घण्टासम्म नेपालमा वर्षा/हिमापत गराउने प्रणाली नभएको मौसमविद्ले उल्लेख गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार