images
images

स्याउ रोप्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ पुगे जुम्ला

स्याउ रोप्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ पुगे जुम्ला

शनिवार, फागुन १० २०८१
शनिवार, फागुन १० २०८१
  • images
    images
    स्याउ रोप्नका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ पुगे जुम्ला
    images
    images

    मुगु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जुम्ला पुगेका छन् ।  जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउ रोप्नका लागि उनी जुम्ला पुगेका हुन् ।  

    जुम्ला आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताहरुले बाजागाजा र फूलमालासहित स्वागत गरेका हुन् ।  चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ्ग तथा स्याउ रोप्ने कार्यक्रमका लागि नेकपाका महासचिव विप्लव सहित अन्य नेता तथा कायकर्ताको टोली जुम्ला पुगेको हो ।

    नेकपाका जुम्ला जिल्ला इन्चार्ज विर्खबहादुर शाही ‘प्रभाजित’ का अनुसार महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवको जीवन सङ्गीनी सहितको टिम जुम्ला पुगेको हो ।  

    नागरिकको स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषिमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउ रोप्न आएको समेत बताए । 

    स्थानीयले उत्पादन गरेको वस्तु व्यापार केन्द्रमा जुम्लाकै अर्गानिक खाद्यन्न  वस्तु विप्लवले नेकपाले काठमाडौँमा सुरु गरेको सि व्यापार केन्द्रमा जुम्लाको अर्गानिक खाद्यन्नले बजार पाएको समेत बताए । उनले जुम्लाको स्याउ मात्र नभएर मार्सी चामल, कोदो र फापरको नेकपाले खोलेको सी व्यापार केन्द्र काठमाडौँमा अत्याधिक माग भएको जानकारी दिए ।

    विप्लवले कृषि उत्पादनले नै देशलाई आत्मनिर्भर बनाउने भएकाले सबैलाई कृषि उत्पादनमा लाग्न आग्रह गरे । विप्लवले जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गर्दै न्यानो माया दिएर स्वागत गर्ने जनतालाई विशेष धन्यवाद ज्ञापन गरे ।

    नेकपाको केन्द्रीय उत्पादन विभागको आयोजनामा जुम्लामा आइतबार करिब एक हजार बढी स्याउको बोट रोप्ने कार्यक्रम रहेको नेकपा जुम्लाले जनाएको छ । यसैगरी सो क्षेत्रमा चार दिनदेखि  नेकपाको स्कुलिङ्ग चलिरहेको छ । जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीका अनुसार धाचु गाउँमा पार्टीको स्कुलिङ चलिरहेको हो ।

    कार्यक्रममा प्रदेश इन्चार्ज कर्णजित बुढाथोकी, स्कुलिङ विभाग प्रमुख भेषराज भुसाल, स्थायी कमिटी सदस्य भरत बम लगायतका नेताहरूले प्रशिक्षण गरिरहेका छन् । स्कुलिङमा महासचिव विप्लवले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार