images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भन्यो : भ्रामक समाचारविरुद्ध कानुनी उपचार प्रक्रियामा छौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भन्यो : भ्रामक समाचारविरुद्ध कानुनी उपचार प्रक्रियामा छौँ

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • images
    images
    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भन्यो : भ्रामक समाचारविरुद्ध कानुनी उपचार प्रक्रियामा छौँ
    images
    images

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न सञ्चारमाध्यमहरूमा तथ्यहीन समाचार प्रकाशन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images

    कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र सञ्चालकहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले सुनियोजित रूपमा कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचारहरू प्रकाशन तथा प्रसारण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    कम्पनीले भ्रामक समाचारमा विश्वास नगर्न पनि अपिल गरेको छ । भ्रामक समाचार प्रसारण तथा प्रकाशनविरुद्ध कानुनी उपचारका लागि अघि बढ्ने प्रक्रियामा रहेको समेत कम्पनीले जनाएको छ । 

    कम्पनीले चालु आव २०८१/८२ को पुस मसान्त सम्ममा कुल बीमा शुल्क ५०६.४७ करोड सङ्कलन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.३१ प्रतिशतले बढी हो । 

    कम्पनीले मर्जरपश्चात आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को बार्षिक साधारण सभा सम्पन्न गरी शेयरधनीहरूका लागि क्रमशः ३५ प्रतिशत र २० प्रतिशत गरी ५५ प्रतिशत लाभांस समेत वितरण गरीसकेको छ । 

    त्यस्तै, पुस मसान्तसम्म कम्पनीको चु्क्ता पूँजी रु ५०१ करोड, कुल लगानी रु ४,२४२ करोड, जीवन बीमा कोष रु.३,८०३ करोड, खुद नाफा रु.१९.६१ करोड, जारी बीमालेख संख्या ३१.७२ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख र देशभर रहेका १७४ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ । 

    चालु आवको पुस मसान्त सम्ममा कम्पनीद्वारा ११३४ वटा बिमालेखको मृत्युदाबी वापत ३८.९५ करोड, ७७ वटा बिमालेखको घातक रोग दाबी वापत ३.९२ करोड र १३ वटा बिलेखको अशक्तता दाबी वापत १.१ करोड गरी रु.४४.०६ करोड दाबी रकम भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ । 

    Note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार