चितवन नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० वाइपास रोडस्थित सहकारी संघ लिमिटेडको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरेको छ ।
बैंकको २२औँ साधरण सभाले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर-१० मा स्थानान्नतरण गर्ने निर्णय गरेको थियो । बैंकको व्यापारिक केन्द्रको रूपमा रहेको भरतपुर १० वाइपास रोड सहकारी संघको भवनमा आइतबारबाटै स्थानान्तरण भई हाकिमचोकस्थित शाखा कार्यालयकोसमेत एकैसाथ सेवा सुरु गरिएको बैंकले जनाएको छ ।
०५८/०६/१२ गते देखि केन्द्रिय कार्यालय रत्ननगर नगरपालिका वडा नं.–०१, बकुलहर, टाँडी, चितवनमा राखी चितवन जिल्लालाई आधार बनाई चितवनको मूख्य मूख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरू खोली आफ्नो बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आइरहेको छ ।