images
images

डिजिटल भुक्तानीमा लाग्ने कर तत्कालै खारेज गर्न सांसद डाँगीको माग

डिजिटल भुक्तानीमा लाग्ने कर तत्कालै खारेज गर्न सांसद डाँगीको माग

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • images
    images
    डिजिटल भुक्तानीमा लाग्ने कर तत्कालै खारेज गर्न सांसद डाँगीको माग
    images
    images

    काठमाडौँ / सांसद निशा डाँगीले डिजिटल भुक्तानी गर्दा लाग्ने अतिरिक्त शुल्क खारेज गनुपर्ने माग गरेकी छन् ।प्रतिनिधिसभा बैठकमा शुक्रबार शून्य समयमा बोल्ने क्रममा उनले करका कारण डिजिटल भुक्तानीलाई निरुत्साहित गरेको भन्दै खारेजको माग गरेकी हुन् । 

    images
    images

    “सरकारले पटक पटक विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने भनेको छ । तर, यदि मैले कसैलाई नगद १०० रुपैयाँ दिएँ भने कुनै पनि प्रकारको कर लाग्दैन र पैसा दिए बापतको रकम पनि तिर्नुपर्दैन,” उनले भनिन् “तर, यदि मैले डिजिटल प्ल्याटफर्ममार्फत सय रुपैयाँ दिनुपर्यो भने ट्रान्सजेक्सनबापतको रकम र त्यसमा लाग्ने करसमेत गरेर १११.३ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । 
    जसले गर्दा हामी डिजिटल ट्रान्सजेक्सन गर्न निरुत्साहित भइरहेका छौँ ।” 

    यदि सरकारले साँच्चिकै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौती गर्दै निःशुल्क डिजिटल भुक्तानी प्रणाालीको विकास गर्न आवश्यक भएको उनले बताइन् । 

    “नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ हाल भएका पेमेन्ट गेटवेलाई समेत मर्का नपर्ने गरी डिजिटल ट्रान्सजेक्सन निःशुल्क बनाउन ध्यानाकर्षण गराउन चाहान्छु,” उनले भनिन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार