images
images

त्रास फैलाउनेलाई कारवाही गर्न बैंकरहरूको माग, भने - निक्षेप सुरक्षित छ, जोखिम बहन गर्न सक्छौँ

त्रास फैलाउनेलाई कारवाही गर्न बैंकरहरूको माग, भने - निक्षेप सुरक्षित छ, जोखिम बहन गर्न सक्छौँ

शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • images
    images
    त्रास फैलाउनेलाई कारवाही गर्न बैंकरहरूको माग, भने - निक्षेप सुरक्षित छ, जोखिम बहन गर्न सक्छौँ
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय क्षेत्रको विषयमा सर्वसाधरणलाई त्रसित बनाउने कार्य भइरहेको भन्दै वित्तीय क्षेत्र सम्बद्ध ४ वटा संस्थाले ध्यानाकर्षण भएको बताएका छन् ।

    images
    images

    शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै चार वटा संस्थाले बैंकिङ् क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

    शुक्रबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ती जारी गर्दै वित्तीय क्षेत्रमाथि भएको आक्रमणको आलोचना गरेका हुन् । 

    साथै, सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिन आग्रह गरिएको छ । 

    “आम सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरूलाई आग्रह गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । 

    नेपालको बैंकिङ क्षेत्रसँग जोखिम बहन गर्ने क्षमता भएको र सुरक्षित रहेको चार वटै वित्तीय संस्थाको दावी छ ।

    “नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र नीति÷नियमहरुको अधिनमा रहेको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल छन्,” विज्ञप्तीमा भनिएको छ, “अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तको व्यवस्थाहरु तथा नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्ने उदाहरणको रुपमा स्थापित भएको छ । नेपालको बैंकिङ क्षेत्र जोखिम बहन गर्ने क्षमता भएको र सुरक्षित रहेको स्पष्ट पार्दछौँ ।” 

    विज्ञप्तीमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरूको रकम पूर्णरूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप ‘निक्षेप तथा कर्जा सूरक्षण कोष’ मार्फत् सुरक्षण समेत गरिएको भन्दै निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको बताइएको छ । 

    “सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना समाचारहरूलाई मात्र आधिकारिक रूपमा लिनुहुन अनुरोध गर्दछौँ । आम–सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारी निकायहरुलाई आग्रह गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार