साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९÷८० मा ७७ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०÷८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ ।
यसैगरी आ.व २०७९÷८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ रहेकोमा आ.व. २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।
१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याउन सफल यस संस्थामा दलित १२ प्रतिशत, जनजाति ३४ प्रतिशत र अन्यको ५४ प्रतिशत रहेकोमा महिला सहभागिता ८० प्रतिशत रहेको छ ।