काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार स्थिर रहेको मूल्यमा मङ्गलबार पनि कुनै घटबढ नभएको हो । यता, चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी तोलामा १ हजार ८१० रुपैयाँबाट बढेर १ ज सहजार ८३० रुपैयाँ पुगेको हो ।