images
images

गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्घि योजना” को  इकाई बाँडफाँड

गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्घि योजना” को  इकाई बाँडफाँड

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्घि योजना” को  इकाई बाँडफाँड
    images
    images

    काठमाडौं/  गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Sponsor) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Fund Sponsor) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme) “गरिमा समृद्घि योजना” को इकाई  पुस १८ गते बाँडफाँड गरेको जनाएको छ ।
     
    गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक रहेको उक्त फण्ड आज बीज पूँजि सहित योजनाको आकार रु.१,२५,००,००,०००/ (अक्षरेपी एक अर्ब पच्चिस करोड रुपैयाँ मात्र) रहेको थियो ।

    गरिमा समृद्घि योजनाको बीज पुँजिसहितप्रति इकाई अंकित मूल्य रु. १० दरको १०,००,००,००० (दश करोड) इकाई मिति २०८१ साल पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्मका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । 

    उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको जनाएको छ । 

    आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा धेरै इकाईकोे लागि आवेदन पर्न आएको थियो । 

    विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँड गर्न सकिन्छ । 

    इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि मिति २०८१/०९/१८ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजि सहित योजनाको आकार रु.१,२५,००,००,०००/ (अक्षरेपी एक अर्ब पच्चिस करोड रुपैयाँ मात्र) अर्थात १२,५०,००,००० (अक्षरेपी बाह्र करोड पचास लाख) इकाई कायम  भएको थियो । 

    क्यापिटलले यस निष्काशन कार्यमा सहयोग गर्ने शुभेच्छुक, लगानीकर्ता आवेदकहरु सबैमा धन्यवाद ज्ञापन गरेको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार