images
images

हिमालयन क्यापिटलद्वारा पुँजीबजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रमहरू सम्पन्न, विद्यार्थीहरू लाभान्वित

हिमालयन क्यापिटलद्वारा पुँजीबजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रमहरू सम्पन्न, विद्यार्थीहरू लाभान्वित

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • images
    images
    हिमालयन क्यापिटलद्वारा पुँजीबजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रमहरू सम्पन्न, विद्यार्थीहरू लाभान्वित
    images
    images

    हिमालयन क्यापिटल लिमिटेडले  विद्यार्थीहरूका लागि पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ। पूँजी बजारको दिगो बिकासमा सदैव प्रतिबद्ध रहेको सो कम्पनीले स्थापनाकालदेखि नै पूँजी बजारको बिकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा सो कार्यक्रम सम्पन्न गरेको हो । 

    images
    images

    हिमालयन क्यापिटलले मङ्सिर २३ गतेदेखि २८ गतेसम्म कर्णाली प्रदेशको भैरवी गाउँपालिका, दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विविन्न विद्यालयका विद्यार्थीहरूलाई पूँजी बजार तथा लगानी व्यवस्थापन साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो। 

    हिमालयन क्यापिटल लिमिटेडका प्रमुख, अनुपालन विभागका, निमेष प्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरू, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति र सामूहिक लगानी कोष सम्बन्धि जानकारी प्रदान गर्दै छलफल गरिएको थियो साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने  उद्देश्यको साथ कार्यक्रम सञ्चालन गरिएको थियो ।

    उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट विद्यार्थीहरूलाई लाभान्वित हुने बिश्वास रहेको छ । 

    news.JPG

    कार्यक्रमका सहभागी विद्यार्थीहरूले सो प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए साथै हिमालयन क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार