images
images

हुन्डाई क्रेटाको बिक्रीमा उत्साह : ३५० युनिट वितरण र ६०० बुकिङ

हुन्डाई क्रेटाको बिक्रीमा उत्साह : ३५० युनिट वितरण र ६०० बुकिङ

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • हुन्डाई क्रेटाको बिक्रीमा उत्साह : ३५० युनिट वितरण र ६०० बुकिङ
    images
    images

    काठमाडौँ / नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ क्रेटाको बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको जनाएको छ। चार महिनामा नयाँ क्रेटाका ३५० युनिट वितरण भएको हो ।  

    त्यस्तै, ६०० युनिट नयाँ क्रेटाको बुकिङ भइसकेको कम्पनीले जनाएको छ । नयाँ बुकिङहरूको लागि दुई महिना वेटिङ अवधि दिइएको र आगामी दिनहरूमा उत्कृष्ट ग्राहक सेवालाई निरन्तरता दिने बताइएको छ । 

    प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रिसेल भ्यालु र उत्कृष्ट बिक्रीपछिको उत्कृष्ट सेवाको कारणले नेपाली उपभोक्तामाझ हुन्डाई लोकप्रिय रहेको छ । 

    अत्याधुनिक प्रविधि, उत्तम डिजाइन र विशेष सुविधाहरू प्रदान गर्दै नयाँ क्रेटा, ग्राहकहरूको सर्वाधिक रोजाईमा पर्न सफल भएको कम्पनीले जनाएको छ । 

    नेपालकै उत्तम एसयूभीको रूपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ। 

    बिगत एक दशकभन्दा बढी समयदेखि नेपालमा हुन्डाई गाडीहरू उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राख्दै आएको छ। 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार