images
images

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको बिक्री खुला, केके छन् विशेषता ?

रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको बिक्री खुला, केके छन् विशेषता ?

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • images
    images
    रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको बिक्री खुला, केके छन् विशेषता ?
    images
    images

    काठमाडौँ / रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि.ले क्लासिक ३५० सिग्नल्स एडिसनको बिक्री खुला गरेको छ । 

    images
    images

    ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीदु मोडल (पोस्ट वार जीटु मोडल)को उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ ।

    यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एपर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ। 

    यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने पात्रुलाई आरामदायी अनुभव दिन्छ ।

    Royal infield.JPG

    नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन्। 

    बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिवीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेकसँग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।

    नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ । नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको आज रोयल इन्फिल्डको नेपालभर २४ वटै सोरुममा लन्च एवं बिक्री खुला गरिएको छ। 

    royal indiel news.JPG

    नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार