images
images

मानव तस्करी आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभले पाए क्लिन चिट, अन्य ११ जनाविरुद्ध मुद्दा

मानव तस्करी आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभले पाए क्लिन चिट, अन्य ११ जनाविरुद्ध मुद्दा

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • images
    images
    मानव तस्करी आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभले पाए क्लिन चिट, अन्य ११ जनाविरुद्ध मुद्दा
    images
    images

    काठमाडौँ /  मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा हुने भएका छन् । नक्कली कागजात बनाएर जापान गएको प्रकरणमा कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका सांसद अधिकारीविरुद्ध मुद्दा नचल्ने भएपछि प्रहरीले उनलाई रिहा गर्ने भएको हो । 

    images
    images

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । अन्य ११ जनाविरुद्ध भने आजै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

    न्यायाधिवक्ता अर्यालका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ। उनीसहित पक्राउ परेका सबैको बयानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा दायर नगर्ने निर्णय गरेको हो। क्लिन चिट पाएसँगै अधिकारी रिहा हुन लागेका हुन् ।

    जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।

    मन्त्री पनि उनीहरूसँगै डिर्पोट भएर नेपाल आएपछि यो घटना सार्वजनिक भएको थियो ।उनी नेपाल फर्के लगत्तै उनलाई पदबाट हटाउने दबाब सिर्जना भएको थियो । 

    उनले पदबाट राजीनामा पनि दिएपछि अनुसन्धान अघि वढेको थियो । लगत्तै उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरिएको थियो । मानव तस्करीमा अनुसन्धान हुनुपर्ने दबाब सार्वजनिक रूपमा आउन थालेपछि प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार