images
images

तारा एयरले सुरु गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

तारा एयरले सुरु गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • तारा एयरले सुरु गर्‍यो सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान
    images
    images

    तारा एयरले सुरु गर्‍यो सुर्खेत बाट कर्णालीका तीन जिल्लामा उडान सुरु गरेको छ । लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरु गरेको हो ।

    सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका सथानीय र विद्यार्थी हर्षित भएका छन् ।

    सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने  तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन् । 

    News.JPG

    सुवेदीका अनुसार सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत –रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ ।

    आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिक रूपमा उडान सुरु गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार