images
images

अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ घट्यो, अन्य मुद्रालाई कति पर्ला ?

अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ घट्यो, अन्य मुद्रालाई कति पर्ला ?

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • अमेरिकी डलरको भाउ बढ्दा युरोको भाउ घट्यो, अन्य मुद्रालाई कति पर्ला ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ । यसअघि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा तोकिएकोमा आज बढेर खरिद मूल्य १३५ रुपैयाँ २२ पैसा र बिक्री मूल्य १३५ रुपैयाँ ८२ पैसा पुगेको छ । 

    यता, युरोपियन युरोको भाउ भने घटेर एकको खरिदमा १४२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसअघि भने युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा रहेको थियो । 

    युके पाउण्ड स्टर्लिङको भाउ पनि आज बढेको छ । यसअघि एकको खरिददर १७१ रुपैयाँ ८२ र बिक्रीदर १७२ रुपैयाँ ५८ पैसा रहेको युके पाउण्ड स्टर्लिङ बढेर आज खरिदमा १७१ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७२ रुपैयाँ ९७ पैसा पुगेको छ । 

    स्वीस फ्रयाङ्कको भाउ पनि आज बढेको छ । यसअघि एकको खरिददर १५३ रुपैयाँ ११ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७९ पैसा कायम गरिएको स्वीस फ्रयाङ्कको भाउ आज घटेर खरिदमा १५२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १५३ रुपैयाँ पुगेको छ । 

    केन्द्रीय बैंकका अनुसार  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । 

    सिङ्गापुरे डलर एकको खरिदार १ सय रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ र बिक्रीदर ९ रुपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा कायम गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार