images
images

लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, सेयरधनीहरूका लागि ७.७२ करोड बराबरको नगद लाभांश

लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, सेयरधनीहरूका लागि ७.७२ करोड बराबरको नगद लाभांश

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, सेयरधनीहरूका लागि ७.७२ करोड बराबरको नगद लाभांश
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौँमा आयोजित सभा सेयरधनीहरूका लागि ७.७२ करोड बराबरको नगद लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । 

    आर्थिक बर्ष २०८०/८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिई २०८० पुस २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । 

    वार्षिक साधारण सभाले सामान्य प्रस्तावहरूमा आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले आ.व. २०८१/८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

    साथै, मर्जरपश्चात आ.व. २०८०/८१ को एकीकृत वासलात बमोजिम प्रतिसेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशतमध्येबाट आफ्ना सेयरधनीहरूलाई १५.७९ प्रतिशत ७ करोड ७१ लाख ९४ हजार ७ सय ३६.८० (१५ प्रतिशत कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।

    तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरूको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ । हाल २० वटा कम्पनीहरूको सेयर निष्काशनको क्रममा रहेको छ । 

    कम्पनीले करिब २५० जना ग्राहकहरूको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेकोे छ र कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरूको डिम्याट खाता खोल्न सफल भएको छ । 

    कम्पनीले करिब ७ अर्ब बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा गत जेठ २८ मा १ अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा इकाइधनीहरूलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात सोका ईकाइधनीहरूलाई रू ११.१४ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको ।

    बाँकी ५ वटा योजनाले आ.व. २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ । 

    विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल इनर्जी फण्ड स्वीकृती प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरूबाट करिब ४० करोड रुपैयाँ सङ्कलन गरिसकेको, बाँकी रकम चालु आ.व.मा सङ्कलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार