काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा, ११ जना सदस्यसहितको वीमेन्स फोरमको गठन गरेको थियो ।
सो कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरूमाथि छलफल गर्ने र समस्याहरू देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले गठन गरिएको उक्त फोरमले पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।
सिटजन लाइफले विश्वव्यापी रूपमा चलिरहेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै शूक्रबार कम्पनीकोे प्रधान कार्यालयमा ‘हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको ऐक्यवद्धता’को विषयमा कार्यक्रम सम्पन्न गरेको थियो ।
सो कार्यक्रमको मूख्य श्रोत व्यक्तिको रूपमा राष्ट्रिय महिला आयोगकी सचिव पार्वती अर्यालको उपस्थिति थियो । सचिव अर्यालले लैङ्गिक हिंसाको प्रकार, कार्यस्थलमा हुने लैङ्गिक हिंसा र व्यवसायिक संस्थाहरूले अपनाउनुपर्ने कानुनी व्यवस्थाबारे विस्तृत रूपमा प्रशिक्षित गरिन् ।
उक्त कार्यक्रममा प्रत्यक्ष र अनलाइनमार्फत उपस्थित १७८ जना सिटिजनका कर्मचारीहरूलाई लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता भएर काम गर्न उनले प्रोत्साहनसमेत गरिन् ।
सो कार्यक्रममा सचिव अर्यालले, लैङ्गिक हिंसा महिलाहरू माथि मात्र नभइ पुरुषहरूमाथि पनि हुने भएको र यसबारे कसरी बच्ने र भएको खण्डमा कसरी कानुनी रूपमा अघी बढ्ने भन्ने बारेमा पनि जानकारी दिइन् ।
फोरमको संयोजक रिता पाठकले आचारसंहिता तयार गरी महिलाहरूको भुमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाउँदै लैङ्गिक हिंसाको पिडितलाई आवाज उठाउन अनूरोध गर्नूभयो र फोरमले आउने समयहरूमा यस्तै शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने र संस्थागत सामाजिक उत्तरदायित्वको अनुरूप विभिन्न कार्यहरू गर्ने भविष्यको सोच रहेको बताइन् ।
कार्यक्रमको अन्तिम चरणमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दिप बहादुर वि.सी.ले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्रथमिकता रहेको जनाउँदै कार्यक्रम समापन भएको घोषणा गरे ।
सो वीमेन्स फोरमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत महिला कर्मचारीहरूलाई सशक्तिकरण गर्नुका साथै महिला लगायत सबैको लागी उत्कृष्ट कार्यस्थल र वातावरण बनाउन समान्वय गर्ने र सो को सहजतको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मद्दत गर्ने र कार्यालयमा लैङ्गिक सम्मानता कायम राख्न समान्वय गर्नु रहेको छ ।