काठमाडौँ / सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ३८६औँ बैठकले आर्थिक बर्ष २०८०/८१ को वित्तीय विवरण बमोजिमको वितरणयोग्य मुनाफाबाट कर प्रयोजनसमेत गरी २० प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँको आधारमा १ अर्ब २३ लाख ८९ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ ।
उक्त लाभांश प्रस्ताव बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ ।
कम्पनीले लाभांश प्रस्ताव पारितका लागि पुस ६ गते शनिबार विग होटल विराटनगरमा बिहान १० बजे साधारण सभा बोलाएको छ ।
उक्त प्रयोजनका लागि कम्पनीले मङ्सिर २१ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार मङ्सिर २० गतेसम्म कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।