images
images

विश्व लगानीकर्ता सप्ताह : एनआइसी एशिया क्यापिटलद्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

विश्व लगानीकर्ता सप्ताह : एनआइसी एशिया क्यापिटलद्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • images
    images
    विश्व लगानीकर्ता सप्ताह : एनआइसी एशिया क्यापिटलद्वारा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / एनआइसी एशिया क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह, २०२४ को अवसरमा देशका विभिन्न स्थानहरूमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको कम्पनीले सोही कार्यलाई निरन्तरता दिने क्रममा सो कार्यक्रम सम्पन्न गरेको हो । 

    कम्पनीले विश्व लगानीकर्ता सप्ताहको अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरू र सर्वसाधारणहरूलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी-५, डडेल्धुरामा शुक्रबार लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरूलगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । 

    सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी  किशोर भट्टले समेत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरू र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोवार भएका शेयर राफसाफ गर्दा आएको समस्याहरूको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।

    साथै, उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा विहान ११ः४५ बजेदेखि दिनको १ः१५ बजेसम्म विद्यार्थीहरूको लागि गरिएको र सो कार्यक्रममा ५५ जना भन्दा बढी युवा विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

    दोश्रो चरणमा दिनको ३ः०० बजेदेखि ४ः४५ बजेसम्म विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुको लागि गरिएकोमा उक्त कार्यक्रममा ७५ जना भन्दा बढीको सहभागिता रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार