images
images

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु
    images
    images

    काठमाडौँ / ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ ।

    विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्ने गर्दछ ।

    बिहीबार एक कार्यक्रमका विच कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले खेलकुद सप्ताहको उद्घाटन गर्दै पढाईसँगै विद्यार्थीको कला र प्रतिभालाई उजागर कर्न कलेज सदैव सकारात्मक रहेको बताए । 

    “खेलको माध्यमबाट विद्यार्थीहरुमा रहेको प्रतिभालाई अगाडी ल्याउन कलेज सदैव प्रतिबद्ध छ यहाँहरुले अनुशासनमा रहेर आफ्ना प्रतिभाहरुलाई उजागर गर्नुहोला,” उनले भने ।

    खेलकुदकै माध्यमबाट पनि विद्यार्थीहरु जीवनमा सफल बन्न सक्ने उनको भनाइ छ ।

    खेलकुद सप्ताहमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत करिब दुई हजार विद्यार्थी संलग्न रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिष झाले जानकारी दिए । 

    खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवल लगायतका दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाले जनाएको छ ।

    प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । 

    प्रतियोगिताको फाइनल सकिँदै जाँदा विजयी विद्यार्थीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।

    मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ ।

    पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु मध्ये नेक उत्कृष्ट इन्जिनियरिङ कलेज हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार