images
images

एनआईसी एशिया लघुवित्तले देशभरका महिला सदस्यलाई उद्यमशिलता तालिम प्रदान गर्ने, दक्ष प्रशिक्षक छनौट गर्दै

एनआईसी एशिया लघुवित्तले देशभरका महिला सदस्यलाई उद्यमशिलता तालिम प्रदान गर्ने, दक्ष प्रशिक्षक छनौट गर्दै

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • images
    images
    एनआईसी एशिया लघुवित्तले देशभरका महिला सदस्यलाई उद्यमशिलता तालिम प्रदान गर्ने, दक्ष प्रशिक्षक छनौट गर्दै
    images
    images

    काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका महिला सदस्यहरुलाई सीप तथा  उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ । 

    images
    images

    संस्थाले महिला सदस्यको उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउने उदेश्यले यो तालिमको आयोजना गर्न लागेको हो ।  

    देशका विभिन्न भौगोलिक क्षेत्रमा गई तालिम प्रदान गर्न अनुभवी तथा दक्ष प्रशिक्षकहरु छनौट गरी रोष्टर निमार्ण गर्ने कार्य गरिरहेको छ ।  

    संस्थाले प्रशिक्षकका लागि इच्छुक व्यक्ति, संघ संस्थाहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । यसका लागि संस्थाको कर्पोरेट कार्यालय बनेपा तथा सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।  

    संस्थाले सीप, तालिम, उद्यमशिलताको विकास तथा महिला सदस्यहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले यो तालिम आयोजना गर्न लागेको जनाएको छ ।  

    विगतदेखि सञ्चालन गर्दै आएको यस कार्यक्रमलाई आर्थिक वर्ष २०८१र०८२ देखि अझ प्रभावकारी बनाउँनका लागि विशेष गरी न्यून आय भएका महिलाहरुलाई लक्षित गरी महिला सदस्यहरुको आर्थिक, सामाजिक, शैक्षिकका  साथै उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ योजना बनाई विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ ।  

    इटहरी नगरपालिका–९ मा रजिष्टर्ड कार्यालय तथा बनेपा नगरपालिका वडा नं ८, बनेपामा कर्पोरेट कार्यालय रहेको संस्थाले देशका विभिन्न भौगालिक क्षेत्रहरु ७४ जिल्ला २८९ शाखा कार्यालयमार्फत आर्थिक, सामाजिक र भौगोलिक रुपले पिछडिएका निम्नवर्गीय जनताहरु विशेष गरी ग्रामीण महिलाहरुलाई लक्षित गरी विगत १० वर्षदेखि वित्तीय सेवाको पहुँच पुर्याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार