images
images

बचतकर्ताका रकम अपचलन गरेका कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान

बचतकर्ताका रकम अपचलन गरेका कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान

आइतवार, जेठ २७ २०८१
आइतवार, जेठ २७ २०८१
  • images
    images
    बचतकर्ताका रकम अपचलन गरेका कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान
    images
    images

    काठमाडौँ / कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । 
    उनी जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ परेका थिए । 

    images
    images

    कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो । उनले विभिन्न सहकारीबाट करिब ८ अर्ब बचत अपचलन गरेको बाहिर आइरहेको छ । 

    करिब दुई अर्बको अपचलनसम्बन्धी जाहेरी आएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    धेरै बचत अपचलन गर्ने ठूला सहकारी मध्ये कान्तिपुर सहकारी पनि एक हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार