images
images

यस्तो रहनेछ आज देशभरको मौसम ?

यस्तो रहनेछ आज देशभरको मौसम ?

शनिवार, फागुन १२ २०८०
शनिवार, फागुन १२ २०८०
  • images
    images
    यस्तो रहनेछ आज देशभरको मौसम ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    हाल देशको पहाडी भूभागमा आंशिक बदली रहि बाकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 

    शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार