images
images

सिभिल क्यापिटललाई प्राप्ति गरेको हिमालयन क्यापिटलले गर्यो एकीकृत कारोबार

सिभिल क्यापिटललाई प्राप्ति गरेको हिमालयन क्यापिटलले गर्यो एकीकृत कारोबार

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • images
    images
    सिभिल क्यापिटललाई प्राप्ति गरेको हिमालयन क्यापिटलले गर्यो एकीकृत कारोबार
    images
    images

    काठमाडौँ / हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम भएको हिमालयन क्यापिटल लिमिटेडले मंसिर १५ गतेदेखि आफ्नो नामबाट एकीकृत कारोबार सुरु गरेको छ । 

    images
    images

    शुक्रबार भएको एक समारोहको बीचमा हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बहादुर बिष्टले पानसमा दिप प्रज्वलन गरी एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरे । 

    हिमालयन  क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर १२ मा एकीकृत कारोबार सञ्चालन अनुमति प्राप्त गरेको थियो ।

    कार्यक्रममा हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिका अध्यक्ष तथा हिमालयन बैङ्क लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिलप्रसाद गोर्खालीले मर्चेन्ट बैङ्किङ व्यवसायमा छोटो समयमा पनि नवीनतम् सेवा प्रवाह गर्दै आफ्ना छुट्टै पहिचान स्थापित गरेको हिमालयन क्यापिटल लिमिटेड र मर्चेन्ट बैङ्किङ व्यवसायका आधुनिकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सिभिल क्यापिटल मार्केट लिमिटेडको समिश्रणबाट सकरात्मक प्रभाव पर्ने बताए । 

    साथै, उनले समिश्रष्णले ग्राहकहरूलाई प्रदान गरिने सेवा तथा सुविधाहरू अझ सबल र सुदृढ भई नेपाली पुँजी बजारका बिकासमा टेवा पुग्ने बताए । 

    एकीकृत कारोबार पश्चात संस्थाले मूलतः प्रविधिको माध्यमबाट आफ्नो सेवाहरूको विस्तार गर्ने र नवीनतम प्रकृतिका विशिष्टकृत लगानी कोष, खुल्लामुखी सामूहिक लगानी कोष योजना, व्यवस्थित लगानी योजना जस्ता सेवाहरू निकट भविष्यमा प्रदान गर्ने लक्ष्य राखेको उनको भनाइ छ । 

    एकीकृत कारोबार सञ्चालन समारोहमा हिमालयन बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबरा, बरिष्ठ नायव कार्यकारी अधिकृतहरू, हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष तथा सञ्चालकहरू, साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, हिमालयन क्यापिटल लिमिटेडका पूर्व
    संस्थापक अध्यक्षको साथै बैङकका बरिष्ठ कर्मचारीहरू, क्यापिटलका कर्मचारीहरू र
    सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार