images
images

‘सानिमा बैंकका बारेमा प्रकाशित समाचार तथ्यहीन’

‘सानिमा बैंकका बारेमा प्रकाशित समाचार तथ्यहीन’

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • images
    images
    ‘सानिमा बैंकका बारेमा प्रकाशित समाचार तथ्यहीन’
    images
    images

    काठमाडौँ / सानिमा बैंकले आफ्नो संस्थाका बारेमा केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार भ्रामक र तथ्यहीन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

    images
    images

    बैंकका प्रमुख निक्षेप हेमराज सन्ज्यालद्वारा आज जारी विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो। ‘विगत केही समयदेखि केही अनलाइन सञ्चार माध्यममा यस बैंकका अध्यक्षको फोटोसमेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।  

    उक्त समाचारमा सत्यता नभएको बैंकको दाबी छ। ‘बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको छ’, विज्ञप्तिमा उल्लेख छ। 

    यस खालका तथ्यहीन एवं भ्रामक समाचार प्रचार–प्रसार नगर्न पनि बैंकले सम्बद्ध पक्षलाई आग्रह गरेको छ। ‘यस्ता भ्रामक गतिविधिका विरुद्ध कानुनी कारबाहीको प्रक्रियासमेत अघि बढाउन बैंक बाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार