images
images

एनआईसी एशिया बैंकको बार्षिक साधारण सभा असोज २८ गते, लाभांशसहित यी प्रस्ताव पारित गर्ने

एनआईसी एशिया बैंकको बार्षिक साधारण सभा असोज २८ गते, लाभांशसहित यी प्रस्ताव पारित गर्ने

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • images
    images
    एनआईसी एशिया बैंकको बार्षिक साधारण सभा असोज २८ गते, लाभांशसहित यी प्रस्ताव पारित गर्ने
    images
    images

    काठमाडौँ / एनआईसी एसिया बैंकले २६ औँ वार्षिक साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस शेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेसँगै एनआईसी एसिया बैंकले वार्षिक साधारणसभा आह्वान गरेको हो । 

    बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाडौँको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।  

    सभाले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार