images
images

सरिना जी ट्रेडले गर्यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

सरिना जी ट्रेडले गर्यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    सरिना जी ट्रेडले गर्यो इभी ट्याक्सी हस्तान्तरण, नीतिगत समस्याबारे चर्चा
    images
    images

    काठमाडौँ / सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरू हस्तान्तरण गरिएका हुन् ।

    images
    images

    उक्त  हस्तान्तरण समारोमा बोल्दै  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरूलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको बताए । उनले ट्याक्सीहरूको राम्रो व्यवस्थापन गर्न साथै नागरिक र व्यवसायीविच सम्बन्ध कायम गर्ने गरी नीति ल्याइएको बताए ।

    उनले भने, “बागमती प्रदेश सरकारले ट्याक्सीहरूलाई व्यवस्थित गर्नका लागि एउटा नीति बनाएका छौं । जुन नीतिको आधारमा इभी ट्याक्सी व्यवस्थित हुने विश्वास छ । बागमती प्रदेश सरकारले नागरिक र सबैको सम्बन्ध कायम गर्नेगरी नीति ल्याएको छ । सबैले चढ्न सक्ने खालको ट्याक्सीको अवधारणा तयार गरेर नीति तयार गरिएको छ ।”

    समारोहमा बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले इभी ट्याक्सीको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताए ।  

    सरिना जी ट्रेड प्रालि लिमिटेडका संचालक राजु श्रेष्ठले इभी ट्याक्सीको आयात र विक्री वितरणमा सरकारले सहज नीति अवलम्बन गर्नुपर्ने बताए ।

    उनले ठूला र मझौला व्यवसायीका समस्यालाई एकमुष्ट सम्बोधन गर्नेगरी सरकारले कार्यक्रमहरू ल्याउनेपर्ने औँल्याए । सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी इभीइजीको बुकिङ खुला भएसँगै हस्तान्तरण गरिएका हुन् । जेएमइभी ब्रान्डको उक्त ट्याक्सीलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरि बुकिङ गरिएका थिए ।  

    जेएमइभीको सेडान कार जीएसइलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो । 

    इभी इजी ट्याक्सीमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।

    एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस इभीलाई डिसी फास्ट चार्जरको सहायतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, एसी चार्जरले नौं घण्टा र डिसी चार्जरले एक घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ ।

    यस ट्याक्सीको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ ।

    आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ । 

    साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् ।

    सेफ्टि फिचर अन्तर्गत यसमा दुईवटा एयरब्याग, इबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लासलगायत छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार