images
images

आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    आइतबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन १८ गते, आइतबार । ईश्वी सन् २०२५ मार्च २ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तृतीया तिथि, ४५ घडी ३४ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त चतुर्थी । उत्तराभाद्रपदा नक्षत्र, १४ घडी १२ पला, दिउसो १२ बजेर १२ मिनेट उप्रान्त रेवती । शुभ योग, २३ घडी ४० पला, दिउँसो ३ बजेर ५८ मिनेट उप्रान्त शुक्ल । तैतिल करण, दिउसो १ बजेर ५३ मिनेट उप्रान्त गर, रातको १२ बजेर ४३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । 

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। भविष्यका लागि योजनाहरू बन्नेछन् । अरुलाई विश्वास नगर्नुहोस् । लामो दुरीको  यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । लगानी अनुसार आम्दानी नहुनसक्छ । रकमको अभावमा आँटेको काम नबन्न सक्छ । एउटा काम दोहोर्याएर गर्नुपर्ला । लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार तथा वित्तीय क्षेत्रबाट प्रशस्त लाभ हुनेछ । मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।  चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सहयोगीबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । व्यापार, उद्योग तथा सेयरबजारको लगानीबाट आम्दानी बढाउन सकिनेछ । मेहनतले नाम र ईनाम दिलाउन सक्छ। चिताएको काम बन्नेछ र अवसरले राम्रै लाभ दिलाउनेछ। भौतिक साधन जुट्नेछ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। अनावश्यक खर्चबाट जोगिने प्रयास गर्नुहोस्। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठूला कामहरू बन्नेछन् । रचनात्मक कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा महत्त्वपूर्ण जिम्मेवारी हात पर्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्गाजमिनको कारोबारले आर्थिक तनाव हटाउन गाह्रो पर्नेछ । अनावश्यक खर्च बढ्ने तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। गोपनीयतामा ख्याल राख्नुहोस् ।दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यवसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाउने हुँदा आर्थिक पक्ष सबल हुनेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउमा बढोत्तरी हुने योग छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। चिताएको कार्य नहुन सक्ला।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार तथा सेयर बजारबाट आयआर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मननग्य आम्दानी हुनेछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। रोकिएको काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यापार तथा पुँजी बजारमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ। पशुपालन वा कृषिबाट लाभ प्राप्त गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    स्वास्थ्यमा समस्या आउँदा खर्च बढ्न सक्छ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ।असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। व्यावहारिक समस्याले सताउनेछ । सेवामूलक काममा भने हौसला मिल्नेछ । सहयोगीहरूको साथ मिल्नेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । विशेषगरी नयाँ उद्योग, सेयर बजार वा रचनात्मक काम गरि आम्दानी बढाउन सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । योग्यताको उचित मूल्याङ्कन हुने र प्रतिष्ठित काम सम्पादन हुनेछ। श्रमको प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। काम बन्नाले मनग्य धन आर्जन हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    बोलीको प्रभावले परिणामुखी काम बन्नेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। चिताएको काम सजिलै सम्पादन हुनेछ। प्रभुत्व जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    नयाँ काम पाउने तथा नोकरीमाा बढुवा हुने योग रहेको छ। सेयरबजार तथा उद्योगमा लगानी गरि आम्दानी बढाउन सकिनेछ । व्यापारमा नयाँ प्रविधिको प्रयोग गरि मनग्य आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। व्यापारमा फाइदा हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार