आज विक्रम संवत २०८१ साल फाल्गुन ९ गते, शुक्रबार । ईश्वी सन् २०२५ फेव्रुवरी २१ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । अष्टमी तिथी, ४ घडी ४६ पला, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त नवमी । अनुराधा नक्षत्र, १५ घडी ५३ पला, बिहान १२ बजेर ५९ मिनेट उप्रान्त ज्येष्ठा । व्याघात योग, ७ घडी २० पला, बिहान ९ बजेर ३४ मिनेट उप्रान्त हर्षण । करण– कौलव, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त तैतिल, बेलुकी ९ बजेर १३ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृश्चिक। आज कुन कुन राशीलाई छ नाम, दाम र इनामको योग ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसायमा समय दिन नसक्दा आम्दानी घट्नेछ । सकारात्मक सोचको साथमा कार्य प्रारम्भ गर्नुहोला। अरुको भर पर्दा काम अधुरै रहनेछ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । तत्काल अपेक्षित फाइदा नभए पनि दिगो फाइदा हुने काम बन्नेछ । कुनै पनि काम दोहोर्याएर गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित कार्य प्रारम्भ गर्ने समय रहेको छ। साझेदारी व्यापारबाट लाभ लिन सकिनेछ । आत्मविश्वास बढ्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। मिहिनेतले काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ। रमाइलोमा अलमलिँदा लक्ष्य प्राप्त गर्न बाधा पुग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार तथा उद्योगबाट आंशिक लाभ हुनेछ । आफन्तहरूबाट आर्थिक सहयोग प्राप्त हुनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। यसअघि रोकिएको काम प्रारम्भ गर्न सकिनेछ। पेसा व्यवसायमा सामान्य फाइदा हुनेछ । योजना बनाएर गरेका काममा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्यक्षेत्रमा दैनिक कार्यसूची फेरबदल हुनसक्छ। उपहार प्राप्तिको योग रहेको छ । आकर्षक र विलासी सामानको प्रयोग गरेर अरुलाई आकर्षित गर्न सकिन्छ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । थोरै भए दिगो फाइदचा हुने काम प्रारम्भ गर्न सकिन्छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । यात्राको अवसर छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा जीवनसाथीसँग सल्लाह महत्त्वपूर्ण रहनेछ। सवारी साधनमा धन खर्चका योग छन्। घरजग्गा तथा पैत्रिक सम्पत्तिमा विवाद बढ्न सक्छ । व्यापार व्यवासायमा लगानी गरे पनि सोचेजस्तो आम्दानी हुनसक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमै समय बित्नेछ । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुने योग छ । पुराना उपलब्धि नोकरी वा पेशामा पदोन्नति हुने समय छ । प्रतिष्ठित व्यक्तिहरूसँग विवाद बढ्ने योग छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा बोलीले कार्य सिद्ध गर्न सक्नुहुनेछ। तपाईंको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुने योग छ । सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिन्छ । आज कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा आत्मविश्वासले गर्दा अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । मेहनेतले आँटेको काम सम्पन्न हुनेछ । मान सम्मानमा बृद्धि भएर जानेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रोकिएको काम दोहोर्याएर गर्दा सम्पन्न हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायमा जोखिम लिदा हानी नोक्सानी हुन सक्ला। वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। आज गरेका कामबाट न्युन पारिश्रमिक प्राप्त हुनेछ । आफन्तबाट धोका मिल्न सक्छ । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ । आयातित सामानको व्यापार व्यवसाय फस्टाउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। किनमेल लगायतका विभिन्न काममा खर्च बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय अनुकूल छ। नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आर्थिक पक्ष सबल रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मनग्य नाफा कमाउन सकिनेछ। भौतिक सम्पत्तिहरु जुट्ने र उपहार प्राप्त हुने योग छ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति र रोकिएको रकम हात पर्ने सम्भावना छ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार व्यवसायमा नयाँ सम्झौता गर्नुपर्ला। आफ्नो प्रतिभा निखार्न सफल भइनेछ। जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा आइलाग्नेछ । वैदेशिक रोजगारीको आम्दानीले सम्पत्ति जोड्न सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। अरुलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय अवस्था बुझेर आफूलाई चलायमान बनाउने प्रयास गर्नुहोस्। समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्दा राम्रो नतिजा हात लाग्नेछ । परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।